बजेट भाषण आज, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री

डिसी नेपाल
१५ जेठ २०८१ ७:१६
140
Shares

काठमाडौं। अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउँदै छन्। अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन्।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ। गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो।

बजेटमा केही लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन्। सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई रहेको छ।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ। यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, माओवादी पूर्व लडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *