आगामी १० वर्षलाई कृषिमा लगानी दशकको घोषणा

डिसी नेपाल
१५ जेठ २०८१ १५:३८
140
Shares

काठमाडौं।  अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गरेका छन्।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० वर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन्।

उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन्।

कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *