बजेटमा सुधारका कार्यक्रम देखिएनन्- पुर्व अर्थमन्त्री डा. महत

डिसी नेपाल
१५ जेठ २०८१ १७:२९
40
Shares

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेको बजेटबारे कांग्रेसले यसअघि बोले जस्तो नआएको टिप्पणी गरेका छन्।

पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै वास्तविकता भन्दा माथि रहेको बताए।

महतले सुधारका कार्यक्रम ल्याउने बताउँदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउँदै अहिले जारी रहेका योजनाबारे समेत मौन रहेको टिप्पणी गरेका छन्। उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउँदै पुरा बजेट किताब हेरेपछि भन्न सकिने बताए।

डा. महतले प्याज आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउँदै आफूहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *