भूकम्पपछिको पुनःनिर्माणका लागि रु २१ अर्ब ६० करोड बजेट
काठमाडौं। सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन रु २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/२०८२ बजेट वक्तव्यमा सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवनलगायतका पूर्वाधारको शीघ्र पुनःनिर्माण गरिने उल्लेख छ। बजेट विनियोजन गरेसँगै सरकारले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिने घोषणा गरेको छ।
विसं २०८० कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा क्षति गरेको थियो। ती जिल्लामा अस्थायी आवास निर्माण जारी रहे पनि स्थायी आवास पुनःनिर्माणमा तीव्रता दिने बजेट वक्तव्यमा उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment