सिरहाको गागन खोला पुल नजिकै फेला परेको शवको पहिचान खुल्यो

डिसी नेपाल
९ भदौ २०८३ १४:२२

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ । मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको खुलेको हो ।

खातुन हिजो सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा आज (मंगलबार) गागन खोलाको पुल नजिकै उनको शव फेला परेको हो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का लगायतका प्रक्रिया अघि बढाएको छ ।

शवको अवस्था र घटनाको प्रकृतिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । खातुनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष स्थानीयले माग गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *