२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही

डिसी नेपाल
९ भदौ २०८३ ८:०१

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ७१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११८, हर्न निषेधमा ४१, लेन क्रसमा ३०, अवस्था ठिक नभएको ३९, एकतर्फीमा १० र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *