तोलामा २३ सयले बढ्यो सुनको मूल्य

डिसी नेपाल
१७ जेठ २०८१ ११:४३
408
Shares

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सयले वृद्धि भएको छ।

बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ।

तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार दुई सय ५० ले वृद्धि भएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। ३० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *