‘अभियन्ता’ तारा बराल पक्राउ

डिसी नेपाल
२१ जेठ २०८१ ६:३१
300
Shares

काठमाडौं। साइबर अपराध र ब्ल्याकमेलिङको कसुरमा अभियान्ता तारा बराल पक्राउ परेकी छिन्। बराललाई आइबतार बिहान साइबर ब्यूरोले पक्राउ गरेको हो।

विभिन्न व्यक्तिहरुको अडियो स्वरांकन गरी र गर्न लगाई बार्गेनिङ र ब्ल्याकमेलिङ गरेको, चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेको कसुरमा बराललाई पक्राउ गरिएको हो।

आफूलाई तारा बराल लगायतका समूहले बारम्बार बार्गेनिङ गरेको भन्दै एक पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। ति पीडितका सम्बन्धमा नक्कली अडियो तयार पारी स्वरांकन गरिएको र सोही अडियोका आधारमा ब्ल्याकमेलिङ गरिएको भन्दै उजुरी परेपछि बराललाई पक्राउ गरिएको हो।

बराललाई आइतबार नै काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद प्राप्त भएको छ।

साइबर ब्यूरोले अनुसन्धानका लागि १० दिनको समय माग गरेको भएपनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला थापाले बरालको अन्य मुद्दा पनि विचाराधीन रहेको र हालको मुद्दा पनि गाली बेइज्जतीसँग सम्बन्धित रहेको भन्दै उनलाई एक दिनको मात्रै म्याद दिइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *