राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ।
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment