जसपा विभाजनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल विभाजनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।
गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो। मुद्दा अब यही इजलासले टुग्यांउने छ।
राजनीतिक दलसम्बन्धी ऐन नै निष्क्रिय रहेको अवस्थामा पार्टी फुटलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै अध्यक्ष उपेन्द्र यादव अदालत पुगेका हुन्।
यादवको रिटमा न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश गरेको थियो।
त्यस यता लगातार तीनवटा पेसीमा सुनुवाइ हुन सकेको छैन। यादवले अन्तरिम आदेशमार्फत आयोगको निर्णायक कार्यान्वयनमा रोक लगाउँदै पार्टी फुटाएकाहरूलाई सांसद र मन्त्री पदबाट निलम्बित गर्न माग गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment