राप्रपा नेपालका नेताहरुको जिम्मेवारी बाँडफाँड
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम तीन उपाध्यक्षलाई तीन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएका छन्।
अध्यक्ष थापाले उपाध्यक्ष दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) र यवती कार्की (भक्तपुर) लाई क्रमशः पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरेका हुन् ।
त्यस्तै सहमहामन्त्री हिक्मतजंग भण्डारीलाई सचिवालयको सहप्रमुख र राजकुमार खड्कालाई सहायक महामन्त्रीमा मनोनयन गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment