एमाले काभ्रे अध्यक्षमा राजन भुर्तेल विजयी

डिसी नेपाल
३१ जेठ २०८१ ९:०७
60
Shares

मकवानपुर । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन्। बुधबार अबेर सम्पन्न मतदा सकिएकोमा ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षका अर्का प्रत्याशी चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे। यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए।

उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सुर्यमाया दनुवार भुर्तेल समूहबाटै निर्वाचित भएका छन्।

लामाको प्यानलबाट उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुल्लामा पुरुषोत्तम अधिकारी र उपसचिव ९महिला० मा पवित्रा भुर्तेलले प्रतिस्पर्धा गरेका थिए। ६८६ जना प्रतिनिधि मध्ये ६७९ ले मतदान गरेका थिए।

जिल्ला कमिटीमा ५ पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ ७ सदस्य गरी कुल १ सय ५ निर्वाचित भएका छन्। लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ७ जना निर्वाचित भएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *