झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोज्ने तीन जना भारतीय पक्राउ

डिसी नेपाल
३१ जेठ २०८१ १६:११
60
Shares

काठमाडौं। झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने भारत घर भएका ५१ वर्षीय हरियोम गुप्‍ता भन्ने हरिओम कुमार र उनकै छोराहरू २० वर्षीय ऋषि गुप्‍ता र १८ वर्षीय किशोर रहेका छन्।

ऋषि गुप्‍ता समेतले आफ्ना बुबालाई बेपत्ता भएको बनाई भारतीय नागरिक भएको तथ्यलाई समेत लुकाई वंशज नाताले नागरिकता लिनको लागि झुट्टा विवरण दिई वडा कार्यालयबाट सर्जमिन मुचुल्का सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फारम भरी पेश गरेका थिए।

उनीहरू उपर नागरिकता ऐन अन्तर्गतको कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *