सर्लाही, कास्की र कैलालीबाट लागूऔषधसहित सात जना पक्राउ
काठमाडौं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाही, कास्की र कैलालीका फरक-फरक ठाउँबाट मङ्गलबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका-१२ बाट करिब १२ किलो ७०० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ लालभितिका ५० वर्षीय सानु परियार, उनकी ३५ वर्षीया श्रीमती सबिना परियार र लालबन्दी नगरपालिका–१४ की ४० वर्षीया ज्ञानु माया योञ्जन रहेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटको संयुक्त टोलीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
यसैगरी, कास्कीको पोखरा महानगरपालिका-१७ छोरेपाटनका ३५ वर्षीय नरेन्द्र भुजेललाई नियन्त्रित लागूऔषध फेनारगन, नोर्फिन र डाइजेपाम ३३/३३ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारेको हो।
उता कैलालीको गोदावरी नगरपालिका-५ भैरव टोलबाट ३ ग्राम ५८० मिलिग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय विजय चौधरी रहेका छन्। प्रहरी चौकी गेटाको टोलीले शंकरको घरमा छापा मार्दा उक्त पदार्थ फेला परेपछि तीनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment