वर्षौँसम्म सरकारको नेतृत्व गरेपनि सिन्को भाच्न नसकेको कांग्रेसले एमालेको विरोधमा स्यालहुँइया मच्चायोः ओली

डिसी नेपाल
३१ जेठ २०८१ १७:४८
44
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मित्था अनर्गल प्रचार गरिएको बताएका छन्।

बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मित्था अनर्गल प्रचार गरिएको बताएका हुन्।

गिरीबन्धुलाई वेतिथी गर्नबाट रोक्नका लागि एमाले सरकारले कानून बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए।

अध्यक्ष ओलीले कांग्रेस वर्षौँसम्म सरकारको नेतृत्व गरेर बसेपनि सिन्को भाच्न नसकेको उल्लेख गरे। उनले धाँधली गरेर कांग्रेसले चूनाव जितेको भन्दै स्वस्थ प्रतिष्पर्धामा आउन चुनौती दिए।

ओलीले देशलाई विकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिशन ८४ मा केन्द्रीत हुन निर्देशन दिए। ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिद्धाउछौ भन्नेहरु असफल भएको जिकिर गरे। उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसम्वादका माध्यमबाट अघि बढ्नुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *