उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई सफाइ

डिसी नेपाल
३१ जेठ २०८१ २३:१२
56
Shares

काठमाडौं। भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आज उक्त उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई सफाइ दिने निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजहरुमाथि उद्योगमा अनावश्यक सामग्री खरिद गरेको आरोपमा रु २२ लाख ७८ हजार भ्रष्टाचार गरेको अभियोगपत्र दायर गरेको थियो। सोही विवादमा निजहरुलाई अदालतले सफाई दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *