प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं। आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ।
बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यस्तै विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।
त्यसैगरी राष्ट्रियसभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment