मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छः महासचिव पोखरेल

डिसी नेपाल
१४ असार २०८१ १७:००
12
Shares

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताएका छन्।

स्वं भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीले आज नङ्खेलस्थित नवदुर्गा सामुदायिक वन परिषद्मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले भण्डारीले देश र जनताको लागि लिएको नीतिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए।

एमालेभित्र पलाएको गलत जीवनशैली, आनीबानी, आचरण र  व्यवहारलाई सुधार्दै पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको भन्दै महासचिव पोखरेलले देशलाई समाजवादमा प्रवेश गराइ समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले स्व भण्डारीका विचारलाई अनुसरण गरी एमालेलाई थप एकतावद्ध बनाउँदै लैजानुपर्ने बताए।

एमाले भक्तपुरका अध्यक्ष वचन देउजालगायतले मदन भण्डारीको योगदान र विचारको सान्दर्भिकताबारे धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *