युवा संघले सुरु गर्याे एक महिने वृक्षारोपण अभियान
काठमाडाैं। ‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको’ स्लोगन सहितको नेकपा एमालेको निकट भातृसंगठन युवासंघले आज एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती उपलक्ष्यमा एक महिने वृक्षारोपण अभियान शुरु गरेको छ।

शुरूवात ललितपुरको पोखरीटार पार्कबाट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा शुरु गरएकाे हो। अभियानको पहिलो दिन आज अध्यक्ष केपी ओलीले रुद्राक्षको बिरुवा रोपेर शुरु गरे।
कार्यक्रममा युवासंघका अध्यक्ष क्षितिज थेवेको आथित्यता रहेको थियाे।

संघका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिए। सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उनले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गरे।

उनले युवा संघका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँचवटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताए।
एक महिने वृक्षारोपण अभियानले ७७ जिल्लामै वृक्षारोपण गर्ने जानकारी युवासंघका सचिव निरोज पौडेलले दिएका छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment