सहकारी छानबिन विशेष समितिको बैठक बस्दै
काठमाडौं। सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दैछ। अहिले विहान ११ बजेका लागि बोलाइएको आजको बैठकमा डाक्टर युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ।
यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभागलगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ।
गत बुधबारको बैठकबाट समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको थियो। बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको छ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment