एकीकृत समाजवादी महाधिवेशन : खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन

डिसी नेपाल
१७ असार २०८१ ११:१४
148
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ।

प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक दस्तावेजमा छलफल गरिने छ।

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिइन् महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्।

पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ।

यसैबीच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ। त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा. गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ।

एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *