रामबहादुर बम्जनलाई बालयौन दुराचार मुद्दामा १० वर्ष कैद
काठमाडौं। बालयौन दुराचार मुद्दामा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्षको कैद सजाय हुने भएको छ। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको हो।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। अदालतले उनलाई असार १० गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको थियो।
‘लिटिल बुद्ध’ भनिने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।
उजुरीपछि बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment