नूनको मूल्य बढ्यो
काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ। न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ। यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment