काठमाडौं प्रहरीले आइतबारदेखि भद्रकालीबाट सेवा प्रदान गर्ने

डिसी नेपाल
२१ असार २०८१ २१:३९
80
Shares

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ।

यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले भद्रकालीमा आफ्नै नयाँ भवन निर्माण भएसँगै असार २३ गते आइतबारदेखि उक्त भवनबाट सेवा प्रदान गर्न लागिएको परिसरका प्रमुख वसन्त रजौरेले जानकारी दिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकु सरेर सेवा प्रदान गर्दै आएको थियो।

भद्रकालीस्थित कूल ८० करोड लगानीमा निर्माण गरिएको उक्त भवन आठ तल्लाको रहेको छ। उक्त भवन छ रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौं प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *