काठमाडौंका खोला, नदी क्षेत्रमा प्रहरी गस्ती

डिसी नेपाल
२२ असार २०८१ २१:११
20
Shares

काठमाडौं। काठमाडौं उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती गरिरहेको छ। अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए। उनले भने, ‘यहाँका खोला, नदीहरूमा पानीको सहत निकै बढेको छ, सम्भावित जोखिमलाई मध्यनजर गरेर अहिले पनि पेट्रोलिङ टोली खटिएको छ। सावधानी अपनाउन आग्रह गदछौँ।’

काठमाडौं उपत्यकास्थित वागमती, विष्णुमती र मनोहरा नदी सहतका खोलामा गएरातिदेखि प्रहरीले नियमित गस्ती तथा पट्रोलिङ गरिरहेका र उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेका सहायक प्रवक्ता बस्यालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *