भारतमा चारजना नेपालीको विभत्स हत्या

डिसी नेपाल
२३ असार २०८१ ८:४०
164
Shares

काठमाडौं। भारतमा चारजना नेपाली कामदारको विभत्स हत्या भएको छ । भारतको सिलोङ्गमा काम गर्दै आएका चारजना नेपालीको उम्प्लेङ बजार नजिकै शनिवार दिउँसो घाँटी रेटेको अवस्थामा शव फेला परेको हो।

हत्या गरिएका चारैजना कामदारको हात बाँधिएको, शरीरमा निर्घात कुटपिट गरिएका निशानहरू फेला परेका छन्। स्थानीय प्रहरी प्रमुख गिरी प्रसादले शव फेला परेका चारैजना नेपाली नागरिक रहेको पुष्टि गरेका छन्। तीमध्ये एकजनाको सनाखत भएको छ।

सनाखत हुनेमा ईलामका २३ वर्षीय रवि राई रहेको गिरी रहेको जनाइएको छ । बाँकी तीन जनाको सनाखत हुन बाँकी रहेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *