पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा दाजुको मृत्यु, बहिनी गम्भीर

डिसी नेपाल
२६ असार २०८१ २१:०८
172
Shares

पाल्पा। जिल्लाको तिनाउ–३, दोभानमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेका छन् भने सोही स्थानकी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन्।

विवेक र रश्मी बुधबार बेलुकी सवा ६ बजेतिर बुटवलबाट लु ८६ प ६५१ नम्बरको स्कुटरमा पाल्पातर्फ आएका थिए। सोही क्रममा बुटवलबाट पाल्पा आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ट्रकको ठक्करबाट अधिकारी गम्भीर घाइते भएका थिए।

घाइते अधिकारीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *