सुदूरपश्चिमका मुख्यमन्त्रीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

डिसी नेपाल
२७ असार २०८१ १९:२८
424
Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन्।

बिहीबार विशेष अदालतका अध्यक्ष अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो।

गीताले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारले सोही उजुरीको आधारमा छानबिन गरी गीताविरुद्ध मुद्दा दायर गरेको थियो। उनी धनगढीस्थिति शिव माविमा शिक्षिका थिईन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *