मौसम सुधार नभएसम्म रात्रि बस सञ्चालनमा रोक लगाउन सांसद पाण्डेको माग
काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले बर्षा जारी रहुन्जेल रात्रि बस सञ्चालन बन्द गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तिमा भाद्र १५ सम्म रात्री बस संचालनमा रोक लगाउन माग गरेका हुन्।
उनले नारायणगढ -मुग्लिन सडकखण्डमा गएराती पहिरोमा परेर दुई यात्रीबस त्रिशुली नदीमा खसेको विषयमा तत्काल बसको खोजी र उद्धार गर्न माग गरेका थिए।
सरकारले विपद्बात जोगाउन सरकारले पूर्वतयारी नगरेको बताउदै तत्काल राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment