परराष्ट्रमन्त्री राणालाई भारतीय र पाकिस्तानी समकक्षीद्वारा बधाई

डिसी नेपाल
१ साउन २०८१ ११:३५
300
Shares

काठमाडौं। भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशंकरले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन्।

यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उहाँसँग काम गर्न आफू तयार रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *