विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध

डिसी नेपाल
३ साउन २०८१ ६:२२
64
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते (आइतबार) विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि संसद्मा अनुरोध गरेका हुन्।

“नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरुप विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय २०८१ साउन ६ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्री ओलीले संघीय संसद्को महासचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ।

गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *