पूर्व राज्यमन्त्री रायको हत्याबारे राप्रपाले माग्यो सरकारको जवाफ

डिसी नेपाल
७ साउन २०८१ १३:४५
56
Shares

काठमाडौं। प्रतिनिधि सभा बैठकमा राप्रपाले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद रोसन कार्कीले रायको हत्याबारे छानबिन गर्न र मधेशमा दिनप्रतिदिन बढ्दै गएको असुरक्षाप्रति सदनको ध्यानाकर्षण गराइन्।

पूर्वमन्त्री रायको गएराति सर्लाही चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। यता राप्रपाले एक विज्ञप्ति जारी गर्दै घटना निन्दनीय रहेको जनाउँदै भर्त्सना पनि गरेको छ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ।’

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराई मधेश क्षेत्रको लोकप्रिय राष्ट्रवादी नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *