बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार

डिसी नेपाल
१ कार्तिक २०८३ २०:५८
1.0k
Shares

मुम्बई। भारतको मुम्बईस्थित जुहू क्षेत्रको पुष्पा पार्क नजिक बलिउड अभिनेता टाइगर श्राफलाई लक्षित गरी गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मोटरसाइकलमा सवार भएर आएका तीन जना अज्ञात व्यक्तिहरूले उनको कारलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका हुन्।

यस आक्रमणमा अभिनेता टाइगर श्राफ भने सकुशल रहेको र उनको ज्यान कोही खतरामा नरहेको पुष्टि भएको छ। यद्यपि, गोलीबारीको यस घटनामा उनका चालक र एक अटोचालक सामान्य घाइते भएको बताइएको छ। घटनाको वास्तविक कारण र यसमा संलग्न पक्षबारे अहिलेसम्म आधिकारिक रूपमा खुल्न सकेको छैन।

घटनालगत्तै जुहू प्रहरी चौकीको टोलीले घटनास्थल पुगेर अनुसन्धान तीव्र पारेको छ। सुरक्षाकर्मीहरूले यस आक्रमणमा संलग्न भई फरार रहेका हमलावरहरूको खोजी कार्य व्यापक रूपमा अघि बढाइएको जनाएका छन्। घटनाले मुम्बईको फिल्म उद्योग र कलाकारहरूको सुरक्षाको विषयलाई फेरि एकपटक चर्चामा ल्याएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *