आइएचएफ नेसन्स वुमेन्स ट्रफी सुरु : नेपाल बंगालादेशसँग पराजित

डिसी नेपाल
१ कार्तिक २०८३ २०:५१

काठमाडौं। अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको आयोजनामा आइतबारबाट बंगालादेशको राजधानी ढाकामा जोन २ अन्तर्गत आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ सुरु भएको छ।

ढाकास्थित नेशनल ह्याण्डबल स्टेडियममा प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल महिला राष्ट्रिय ह्याण्डबल टोली आयोजक बंगालादेशसँग ३३–२० गोल अन्तरले पराजित भएको छ। अन्तर्राष्ट्रिय ह्याण्डबल ऐरिनामा नेपाली महिला राष्ट्रिय टोली लामो अन्तराल पछि उत्रिएको हो।

खेल पछि कुरा गर्दै नेपाली टोलीका प्रशिक्षक शुसिल अधिकारीले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि म्याच एक्सपिरियन्स नहुँदा पराजित हुन पुगेको बताए। उनले भने,‘हामी लामो समय पछि मैदानमा उत्रिएका छौँ। आज पहिलो खेल थियो। हाम्रो म्याच एक्सपिरियन्स पनि छैन। तर, हामीले उत्कृष्ट खेल प्रदर्शन गरेका छौँ।

नेपाली राष्ट्रिय टोलीले भोली मालदिभ्ससँग खेल्ने छ। कार्तिक ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहेको छ।

यस अघि एक भव्य कार्यक्रमबा बीच सो प्रतियोगिताको बंगालादेशका युवा तथा खेलकुद राज्य मन्त्री अमिनुल हकले उद्घाटन गरेका थिए। उनले सो अवसरमा यो प्रतियोगिताले दक्षिण एशियाली राष्ट्रहरुका बीचको सम्वन्ध प्रगाढ बनाउन सहयोग पुग्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *