लुम्बिनीमा आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेश

डिसी नेपाल
७ साउन २०८१ १६:३१
52
Shares

बुटवल। लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको छ।

कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार अपराहन्न दाबी पेश गरिएको हो।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि एमाले केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको हो।

लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन्। ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी कुल ५६ सांसद रहेका छन्। प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *