रामदत्त जोशी एआईजी बढुवामा सिफारिस
काठमाडौं । सरकारले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ। बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।
विशेष व्यूरोबाट विमानस्थल कार्यालय प्रमुख भएको जोशीलाई आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो।
एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त दरबन्दीमा उनलाई बढुवा गर्न सिफारिस गरिएको हो।
यसअघि पोषराज पोखरेललाई बढुवा सिफारिस गरिएको थियो। तर सरकारका आएको फेरबदलसँगै बढुवा नभई उनको अवकाश भएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment