सौर्य एयर दुर्घटना: पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

डिसी नेपाल
१० साउन २०८१ १४:११
224
Shares

काठमाडौं। सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।

बुधबार विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ। पाइलट शाक्यको भने जीवितै उद्धार गरिएको थियो।

उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो। पाइलट शाक्यको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको बताइएको छ । अहिले उनलाई केएमसीको न्युरो सर्जरी आइसियुमा राखिएको छ।

बुधबारसाँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइलट शाक्यलाई भेट गरेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएका थिए। उनले शाक्यका परिवारसँग समेत भेट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *