गगन भाइलाई सभापति भन्नै मन छैन, विशेष महाधिवेशन विधान विपरीत भयो : कृष्ण सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले लहडका भरमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन् ।
इतरपक्षको भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगका आयुक्तहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्। सर्वोच्च अदालतबाट निस्सा प्राप्त भएपछि अब न्याय पाउने विश्वास बढेको उनले बताए।
कार्यक्रममा बोल्दै नेता सिटौलाले गगन थापालाई पार्टी सभापति भन्नसमेत आफ्नो मन नमानेको प्रस्ट पारे। उनले भने, ‘गगन भाइलाई सभापति भन्न मनै लागेको छैन। विशेष महाधिवेशनलाई मान्यता दिन सकिएको छैन। अराजक ढङ्गबाट गरिएको छ। व्यक्तिगत पूर्वाग्रह होइन। विधान विपरीत छ।’
विधान विपरीत र अराजक ढङ्गले गरिएको कामलाई सच्याएर अगाडि बढ्न उनले सुझावसमेत दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment