प्रधानमन्त्री ओलीले गरे आफू अभिनित चलचित्र ‘नमेटिने घाउ’ मा डबिङ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा आफुले गरेको अभिनयको डबिङ गरेका छन्।
शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफुले अभिनय गरेको संवादको डबिङ गरेका हुन्।
अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनमा आधारित छ। चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ। फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ। लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment