घाँस लिन गएका पुरुष मृत फेला

डिसी नेपाल
१९ साउन २०८१ २०:१९
32
Shares

बरहथवा। सर्लाहीको लालबन्दी नगरपालिकास्थित साझेदारी वन क्षेत्रमा बेपत्ता एक पुरुष मृत फेला परेका छन्।

आज लालबन्दी नगरपालिका–७, स्थित घिसिङ टोल बस्ने ६१ वर्षीय खिलराज खड्का वनमा मृत फेला परेका हुन्। शुक्रबार घाँस लिन भनेर साइकल लिएर हिँडेका उनी अबेरसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई खोजतलासका लागि राति अबेर खबर गरेका थिए।

खोजीकै क्रममा लालबन्दी नगरपालिका–८ स्थित साझेदारी वन मा आज खड्कालाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रहरीले शव नजिकै घाँस बाँधेको साइकल, झोलामा पोको पारेको घाँस काट्ने कचिया, खुकुरी र पानी खाने बोतल फेला पारेको छ। खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

शव शवपरीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *