मर्दी बेसक्याम्पमा मानव अवशेष फेला

डिसी नेपाल
१९ साउन २०८१ २२:४३
120
Shares

कास्की। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेलापरेको छ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा आज जानकारी गराएको बताए।

‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ। भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ’, वडाध्यक्ष क्षेत्रीले भने। अवशेषसँगै एउटा आइफोनसमेत भेटिएको उनले बताए।

भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशंका गरिएको छ। पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *