नारायणी नदी किनारमा बाघको आक्रमणबाट एकजना घाइते

डिसी नेपाल
२० साउन २०८१ ८:१८
68
Shares

चितवन। भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा मर्निङवाक गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ।

आइतबार बिहान पैदल हिँडेका भरतपुर-२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको मुख र हातमा चोट लागेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *