प्रधानमन्त्री ओलीद्वारा टियू क्रिकेट मैदान बारे क्यानका पदाधिकारी र खेलाडीसँग छलफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्-‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ।’
प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियू मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए। सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमै रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment