पशुपतिको कोटीहोममा आयोजकले नै खटाएका स्वयंसेवकबाट डिसी नेपालकर्मीमाथि कुटपिट
काठमाडौं। काठमाडौंको पशुपतिनाथ परिसरमा भइरहेको कोटीहोममा आयोजककै तर्फबाट परिचालित स्वयं सेवकले डिसी नेपालकर्मीमाथि कुटपिट गरेका छन्।
मानव सेवा फाउण्डेशनले पशुपतिमा आयोजना गरेको कोटिहोममा आयोजकको तर्फबाट परिचालित महांकाल सेवाका स्वयंसेवकले डिसीनेपालकर्मी अनिल पोख्रेलमाथि कुटपिट गरेका हुन्।
फोटो पत्रकार पोखरेलले कार्यक्रममा फोटो खिच्न खोज्दा ती स्वयं सेवकले उनलाई अवरोध गरेको कार्यक्रमको फोटो खिच्नु आफ्नो जिम्मेवारी भएको भन्दै बुझाउन खोज्दा जबरजस्ती त्यहाँबाट केही पर लगेर कुटपिट गरिएको फोटो पत्रकार पोखरेलले बताएका छन् ।
पत्रकार पोखरेल आइतबार कोटीहोममा भइरहेका गतिविधिको फोटो खिच्न कार्यक्रमस्थल पुगेका थिए। स्वयंसेवकले उनलाई फोटो खिच्न नदिएर अवरोध गरेको र अभद्र व्यवहार गर्दै कुटपिट गरेका हुन् । डिसीनेपाल डटकमले यस घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ।
पोखरेलमाथि कुटपिटको चलचित्र पत्रकार संघले पनि विज्ञप्ति जारी गर्दै विरोध गरेको छ। संघले पोखरेलमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ। पोखरेल चलचित्र पत्रकार संघका पनि सदस्य हुन्।
संघले प्रेसमाथिको आक्रमण बन्द गर्न आग्रह गर्दै प्रेसविरोधी घटनामा संलग्नमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न समेत ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘फोटो खिच्ने क्रममा कार्यक्रममा परिचालित स्वयमसेवकहरूले अनिललाई बन्द कोठामा लगेर हातपात गरेको पत्रकार पोख्रेल तथा प्रत्यक्षदर्शीले भनेका छन्।’
संघले प्रेसमाथिको आक्रमण बन्द गर्न आग्रह प्रेसविरोधी घटनामा संलग्नमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न समेत ध्यानाकर्षण गराएको छ। आइतबार नै कोटिहोममा अन्य दुई युट्युबरमाथि हातपात भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment