कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
फाइल फाेटाे
सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेका हुन्। प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत पर्यो।
मुख्यमन्त्री कँडेलको पक्षमा आएको मत प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले घोषणा गरे।
संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। केन्द्रमा सत्ता समीकरण बदलिएसँगै प्रदेशमा कांग्रेस–एमालेबिच सरकार बनेपछि उनले विश्वासको मत लिएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment