श्री काफली मुडभरा सेवा समाजद्वारा दसैँ-दीपावलीको शुभकामना ज्ञापन कार्यक्रम
धनगढी । श्री काफली मुडभरा सेवा समाजको आयोजनामा विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान एवं बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ।
डोटीको मुडभरा जन्मथलो भई हाल कैलाली तथा कञ्चनपुरमा बसोबास गर्दै आएका मुडभरा बन्धुहरूबीच आपसी भाइचारा, सद्भाव र भ्रातृत्व कायम गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५, हसनपुरस्थित ‘मिल्सबेरी मन्टेश्वरी स्कुल’को प्राङ्गणमा सम्पन्न भएको यस कार्यक्रम समाजका अध्यक्ष डम्बरनाथ जोशीको सभापतित्वमा सञ्चालन भएको थियो। पर्वको उल्लासका बीच आयोजित यस भेलाले समुदायका सदस्यहरूबीचको आत्मीयतालाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।
कार्यक्रमका अवसरमा समाजका आजीवन सदस्य जनकराज जोशीले भारतको प्रसिद्ध ‘महात्मा ज्योतिबा फुले रोहिलखण्ड विश्वविद्यालय’बाट अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि हासिल गरेका र प्रदीप जोशी नेपालको प्रतिष्ठित नवजीवन सहकारी संस्था लिमिटेडको महाप्रबन्धक पदमा नियुक्त भएकोमा समाजका तर्फबाट उनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। समाजका कोषाध्यक्ष युवराज जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानুभावहरूले एक-आपसमा पर्वको शुभकामना आदानप्रदान गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment