मिडिया काउन्सिल विधेयकमाथि मंगलबार दफावार छलफल हुने

डिसी नेपाल
२१ साउन २०८१ १८:४९
16
Shares

काठमाडौं। राष्ट्रियसभाको विद्यायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि मंगलबार दफावार छलफल हुने भएको छ।

आज बसेको बैठकमा काउन्सिलको अध्यक्ष र सिफारिस समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा प्रस्ट हुन नसकेपछि बैठक मंगलबार सरेको हो। समिति सभापति जयन्तीदेवी राईले असहमति हुँदै आएका विधेयकका केही बुँदामा एकरूपता ल्याउने प्रयास भइरहेको बताइन्। ‘लगभग धेरै बुँदामा साझा सहमति बनिसकेको छ, अध्यक्ष र सिफारिस समितिको संयोजक राख्ने विषयमा प्रष्ट हुन सकिएको छैन । यस विषयमा पनि चाँडै टुङगोमा पुग्छौँ’, उनले भिनन्।

सांसद डा बेदुराम भुसाल, भगवती न्यौपाने, सुरेश आलेमगर, आनन्द प्रसाद ढुंगानालगायतले विधेयकमाथिको छलफलमा भाग लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *