सिराहाको गोलबजारमा युवकको शव फेला

डिसी नेपाल
२१ साउन २०८१ २०:०४
36
Shares

सिराहा। सिराहाको गोलबजारमा अपरिचित व्यक्तिको शव आज फेला परेको छ। गोलबजार नगरपालिका–१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

मृतक पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमकोलागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए। उनले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *