संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको छलफललाई निष्कर्षमा पुर्याउनु पर्छ: कानूनमन्त्री (भिडियो)

डिसी नेपाल
२२ साउन २०८१ १४:३१
424
Shares

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरि अघि छलफल गर्न आग्रह गरेका छन्।
सिंहदरबारमा मंगलबार बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा मन्त्री चौरसियाले प्रतिनिधिसभाको साउन २९ गते बस्ने बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने गरि अघि बढ्न आग्रह गरेका हुन् ।

सदनले विजनेस नपाइरहेको अवस्थामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका साथै केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई निष्कर्षमा पुर्याउनुपर्नेमा उनले जोड दिए। मन्त्री चौरसियाले केहि नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयकमा देखिएका विषयहरुमा सहमति खोज्न आफु गम्भीर भएर लाग्ने जिकिर गरे । त्यस्तै विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई निरन्तर बैठक बसेर टुङ्गो लगाउन उहाले सुझाव दिए।

बैठकमा विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको थियो । तर समिति सदस्यहरुले नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुराएपछि मात्रै अन्य विधेयकमाथि छलफल गर्न सुझाव दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.