पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

डिसी नेपाल
२३ साउन २०८१ १८:३६
12
Shares

जुम्ला। अविरल वर्षासँगै हिजो राति पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ।

सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए। गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले बे्रकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *